सम्पर्क मंचद्धारा भित्तेपात्रो बिमोचन 

सम्पर्क मंचद्धारा भित्तेपात्रो बिमोचन 

२०७८, बैशाख ६ सोमवार

  • 2.8K
    SHARES

  • सम्पर्क मंचद्धारा भित्तेपात्रो बिमोचन 

    काठमाडौं । नेकपा (एमाले) झापा काठमाडौं सम्पर्क मंचले नयाँ वर्ष २०७८ को सन्दर्भ पारेर शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन गरेको छ । 

    आइतवार साँझ यहाँ आयोजित भित्तेपात्रो सार्वजनिकिकरण समारोहमा नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रदेश १ अध्यक्ष देवराज घिमिरे, प्रदेश एक आन्तरिक मामिला तथा कानून मन्त्री हिकमत कार्की, पुर्व महान्यायाधिवक्ता अग्नी खरेल, राष्ट्रीय सभा सांसद देवेन्द्र दहाल, सिटिभिटि उपाध्यक्ष खगेन्द्र अधिकारी, प्रदेश १ सांसद हिरा थापा, सम्पर्क कमिटि अध्यक्ष इन्द्र भण्डारी लगाएतले सामूहिक रुपमा भित्तेपात्रो सार्वजनिक गरेका हुन् ।

    बार्ह पृष्ठको भित्तेपात्रोमा झापा जिल्ला झल्किने गरि धार्मिक, पर्यटकिय, सांस्कृतिक, प्राकृतिक सम्पदालाई समावेश गरेर आकर्षक बनाइएको छ । जिल्लाका १५ वटै पालिका र १३१ वटै वडामा प्रतिनिधिमूलक संख्या नै भए पनि १८००० (अठार्ह हजार) थान क्यालेण्डर पठाइने मंचका अध्यक्ष सुरज काफ्लेले बताए ।  

    विगत दुई वर्षमा पार्टीका गतिविधि नहुँदा, रचनात्मक कार्यमा नेता कार्यकर्ता संलग्न हुन नपाउँदा वास्तवमै कति मर्माहत बनाएको रहेछ कार्यकर्ताको उत्साहमा सहि थाप्दै प्रमुख अतिथि समेत रहेका देवराज घिमिरेले भनेका थिए । 

    "जालझेल गरेर एमाले सकाउने सपना कसैले नदेखे हुन्छ, समानान्तर गतिविधिका फण्डा तत्काल बन्द नगरे कडा कदम चाल्न पार्टी बाध्य हुनेछ", पार्टीमा हाल देखिएको आन्तरिक समस्याका बारेमा मन्त्री हिकमत कार्कीको भनाई थियो । 

    २०७८, बैशाख ६ सोमवार१०:१२:३०

    केशव भट्टराई

    प्रतिक्रिया
    सम्बन्धित समाचार