काठमाडौं । पञ्जाव किंग्सलाई पराजित गर्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा पहिलो जित निकालेको छ । बुधबार साँझ भएको खेलमा हैदराबादले पञ्जाबलाई ९ विकेटले पराजित गरेको हो ।
पञ्जाबले दिएको १ सय २१ रनको सामान्य लक्ष्य हैदराबादले १८.४ ओभर खेल्दै १ विकेट गुमाएर पूरा गरेको हो । उसको जितमा जोनी बेयरस्ट्रोले अविजित ६३, डेविड वार्नरले ३ र केन विलियम्स १६ रनमा अविजित रहे । पञ्जाबका फाबियन एलनले एक विकेट लिए ।
त्यसअघि चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले १९.४ ओभरमन सबै विकेट गुमाएर १ सय २० रन बनायो । पन्जाबका लागि मायांक अग्रवाल र शाहरुख खानले २२-२२, क्रिस गेलले १५, मोइसेस हेनरिक्सले १४ र दीपक होडा १३ रन बनाए ।
पन्जाबलाई अलआउट गर्न हैदरावादका खलिल अहमदले ३ र अभिषेक शर्माले २ विकेट लिए ।
लगातार ३ हारपछि पहिलो जित हात पारेको हैदरावाद २ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ । समान अंक रहेको पञ्जाव अंक तालिकाको पुछारमा छ ।