त्रिकोणात्मक सिरिजको फाइनल आज : नेपाल र नेदरल्याण्ड्स भिड्दै 

त्रिकोणात्मक सिरिजको फाइनल आज : नेपाल र नेदरल्याण्ड्स भिड्दै 

२०७८, बैशाख ११ शनिवार

  • 1.7K
    SHARES

  • त्रिकोणात्मक सिरिजको फाइनल आज : नेपाल र नेदरल्याण्ड्स भिड्दै 

    काठमाडौं । नेपाल, नेदरल्याण्ड र मलेसिया गरि त्रिदेश सम्मिलित क्रिकेटको फाइनल खेल आज हुँदैछ । फाइनलमा नेपाल र नेदरल्याण्डस किर्तिपुर रंगशालामा भिड्दैछन् । फाइनल रोमाञ्चक हुने क्रिकेट पण्डितको दाबी छ । 

    यस अघिका खेलमा दुवै टोलीले १-१ जित निकालेका छन् । अर्थातः पहिलो भेटमा नेदरल्याण्ड्समाथि नेपालको शानदार जित, दोस्रो भेटमा डच टोलीको मिठो बदला ।

    लिगको पहिलो खेलमा नेदरल्याण्ड्सलाई १३६ रनमा रोकेको नेपालले ९ विकेटको सहज जित हात पार्‍यो । टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेका थिए ।

    तर नेदरल्याण्ड्सँग भएको दोस्रो खेलमा यो जोडीको ओपनिंग साझेदारी २० रनमै टुटे पनि कुशल र उपकप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा नेपालले २०६ रन बनायो । तर पहिलो खेलमा गरेको गल्तीहरु सुधार गरेको डच टोलीले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोलीसँग ३ विकेटको जित निकाल्दै मिठो बदला समेत लिएको छ ।

    फाइनल खेल्नुअघि दुवै टिमलाई पिच र मैदानको कन्डिसन थाहा भइसकेको छ भने विपक्षीको बलियो र कमजोर पक्षबारे पनि जानकार भइसकेका छन् ।

    त्यसैले आज हुने फाइनललाई रियल गेम मान्न सकिने नेपाली टिमका पूर्वसदस्य शक्ति गौचनले बताउँछन् ।

    गौचनका अनुसार सिरिजमा नेपालले अहिलेसम्मकै उत्कृष्ट ब्याटिङ गरेको छ, जुन सकरात्मक पक्ष हो । ‘नेपालको इतिहासमै पहिलो पटक होला, ब्याटिङको अप्रोच चेन्ज भएको छ’ गौचन भन्छन्, बलिङमा थोरै समस्या जस्तो देखिन्छ ।’

    उनले अघि भने, ‘स्पीनरले भनेजस्तो रोल गर्न सकेको छैन । विकेट लिएको छ, तर रन कन्ट्रोल गर्न सकेको छैन । सर्ट बलहरु छ, त्यसलाई राइट एरियामा फाल्नुपर्‍यो । फास्ट बलिङमा राम्रो गरेको छ । तर लास्टमा आएर समस्या छ ।’

    उनकाअनुसार आज टस जित्ने टिमले फिल्डिङ रोज्न सक्छ, किनकी चेज गर्न उपयुक्त देखिएको छ ।

    यस सिरिजका हरेक खेलमा पावर प्ले महत्वपूर्ण बनेको छ र आज पनि त्यही हुनसक्छ । पावरप्लेमा कम रन दिएर विकेट लिन सक्यो भने राम्रो हुने उनले सुनाए ।

    कप्तान ज्ञनेन्द्र मल्लले पनि फाइनल खेल्दै गर्दा सुधार गर्नुपर्ने केही ठाउँ देखेका छन् ।

    फाइनलमा ब्याटिङ गर्दा धेरै रन बनाउने र बलिङ गर्दा डट बल फाल्ने, बाउण्ड्री रोक्नुपर्ने कप्तान ज्ञानेन्द्रले बताएका थिए ।

    फाइनलमा नेपालले ब्याटिङमा अझै सुधार गर्नुपर्ने पक्ष के के छन् भन्ने प्रश्नमा ज्ञानेन्द्रले भने,‘ब्याक टु ब्याट विकेटहरु गइरहेको, त्यसलाई रोक्नुपर्छ । खासगरी टी–२० क्रिकेटमा डट बलहरु कम खेल्नुपर्छ र अन्तिमको २/३ ओभरमा धेरै रन बनाउने कोसिस गर्नुपर्छ’ उनले भने, नेदरल्याण्ड्ससँग भएको दोस्रो खेलमा राम्रो फिनिस गर्न सकेनौं ।’

    यो पटक स्कोर राम्रो बनिरहेको भएपनि बलरहरु यो कन्डिसनमा अभ्यस्त हुनुपर्ने उनले बताए ।

    २०७८, बैशाख ११ शनिवार०८:१०:०६
    प्रतिक्रिया
    सम्बन्धित समाचार