थप २,६१९ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

थप २,६१९ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

२०७८, बैशाख ११ शनिवार

  • 965
    SHARES

  • थप २,६१९ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोनाबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा २ हजार ६१९ संक्रमित थपिएका छन् । 

    कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार १३६ पुगेको छ । संक्रमित हुनेको संख्या २ लाख ९७ हजार ८७ पुगेको मन्त्रालयको तथ्यांक छ । 

    पछिल्लो २४ घण्टामा ३६८ संक्रमित निको भएका छन् । हाल १६ हजार ८२८ संक्रमित आइसोलेसनमा छन् भने ७१ जना क्वारिन्टिनमा छन् । 

    नेपालमा हालसम्म २ लाख ७७ हजार १२३ संक्रमित निको भइसकेका छन् । 

    पछिल्लो समय नेपालमा पनि दोस्रो लहरको कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेकाले संक्रमण रोक्न सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड सार्वजनिक गरेको छ ।  

    २०७८, बैशाख ११ शनिवार०५:५९:०६
    प्रतिक्रिया
    सम्बन्धित समाचार