एनएसएलको उद्घाटन खेलमा काठमाडौँ रेजर्स विजयी

एनएसएलको उद्घाटन खेलमा काठमाडौँ रेजर्स विजयी

२०७८, बैशाख १२ आइतवार

  • 2.1K
    SHARES

  • एनएसएलको उद्घाटन खेलमा काठमाडौँ रेजर्स विजयी

    काठमाडौँ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हिजोदेखि शुरु भएको नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिताको उद्घाटन खेलमा काठमाडाँै रेजर्स एफसी विजयी भएको छ ।

    काठमाडौँले ललितपुर सिटी एफसीलाई १–० गोलअन्तरले पराजित गरेको हो । काठमाडौँका लागि मेसौके ओलुमोउले निर्णायक गोल गरे । उनले खेलको ६६औँ मिनेटमा गोल गरेका हुन् । पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा सञ्चालन हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । 

    प्रतियोगितामा विराटनगर सिटी एफसी, काठमाडौँ रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी सहभागी छन् ।

    प्रतियोगिताको विजेताले रु ३५ लाख र उपविजेताले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछन् । लिगका उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेण्डर र प्रशिक्षकले रु एकरएक लाख पुरस्कार प्राप्त गर्नेछन् । 

    २०७८, बैशाख १२ आइतवार०७:०८:४८
    प्रतिक्रिया
    सम्बन्धित समाचार