काठमाडौं उपत्यकामा १९१२ सहित थप ३५५६ जनामा कोरोना पुष्टि, १२ को मृत्यु 

काठमाडौं उपत्यकामा १९१२ सहित थप ३५५६ जनामा कोरोना पुष्टि, १२ को मृत्यु 

२०७८, बैशाख १३ सोमवार

  • 1.8K
    SHARES

  • काठमाडौं उपत्यकामा १९१२ सहित थप ३५५६ जनामा कोरोना पुष्टि, १२ को मृत्यु 

    काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा थप १ हजार ९१२ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा १ हजार ५६७, ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना छन् । 

    यस्तै देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १२ जनाको ज्यान गएको छ । 

    १२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । जसमध्ये गत २४ घण्टामा १२ सहित ३ हजार १७६ जनाको मृत्यु भएको छ भने हालसम्म २ लाख ७७ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३७८ जना निको भएको मन्त्रालयले जनाएको छ ।

    उपत्यका बाहिर कास्कीमा ६२, झापामा ४३, सुनसरीमा ४२, कञ्चनपुरमा ४१ र पाल्पामा ३४ जनामा उच्च संख्यामा कोरोना फैलिएको पुष्टि भएको छ ।

    २०७८, बैशाख १३ सोमवार०५:४५:५५
    प्रतिक्रिया
    सम्बन्धित समाचार