फर्ममा रहेका दिल्ली र बैंगलोर शीर्ष स्थान उक्लने होडमा

फर्ममा रहेका दिल्ली र बैंगलोर शीर्ष स्थान उक्लने होडमा

२०७८, बैशाख १४ मंगलवार

  • 1.2K
    SHARES

  • फर्ममा रहेका दिल्ली र बैंगलोर शीर्ष स्थान उक्लने होडमा

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज दिल्ली क्यापिटल्स र रोयल्स च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दै छन् । 

    साँझ ७ः४५ बजे नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा दुवै टोली जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने दाउमा छन् ।

    अघिल्लो सिजन खराब प्रदर्शन गरेको चेन्नई सुपर किंग्स लिग तालिकाको शीर्ष स्थानमा छ । दिल्ली दोस्रो र बंगलोर तेस्रो स्थानमा छ । समान पाँच खेल खेलका यी तीनै टोलीको समान आठ अंक छ ।

    दुवै टोलीले पाँचमा चार खेलमा उत्कृष्ट नतिजा निकालेका छन् । आजको खेलमा जसले जिते पनि चेन्नाई सुपर किंग्सलाई मानसिक दबाब भने बढ्ने छ । यो सिजन खराब लयमा रहेको मुम्बई इण्डियन्स अघिल्लो संस्करणको बिजेता हो । 

    २०७८, बैशाख १४ मंगलवार१२:२१:४१
    प्रतिक्रिया
    सम्बन्धित समाचार