काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र थप दुई हजार ४६ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ४६४, भक्तपुरमा ३५१ र ललितपुरमा २३२ जना संक्रमित थपिएका छन् ।
त्यसैगरि देशभर चार हजार ८९७ संक्रमित थपिएका छन् । १४ हजार ८३४ वटा नमुनाको परीक्षण गरिएकोमा चार हजार ८९७ जनाको नतिजा पोजिटिभ आएको हो ।
हाल ३१७ जना आईसीयू र ९८ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।