काठमाडौंबाट झापा ल्याइँदै कोरोना सङ्क्रमित

काठमाडौंबाट झापा ल्याइँदै कोरोना सङ्क्रमित

२०७८, बैशाख १६ बिहिवार

  • 2.0K
    SHARES

  • काठमाडौंबाट झापा ल्याइँदै कोरोना सङ्क्रमित

    झापा । कोभिड–१९ बाट सङ्क्रमित बिरामीलाई बेडसिफ्ट गरेर उपचारका लागि काठमाडौंबाट मोफसल ल्याउन थालिएको छ । काठमाडौंमा सङ्क्रमित भएका नरप्रसाद उप्रेतीलाई  हेलिकप्टरमार्फत उपचारका लागि झापा ल्याइएको हो ।

    काठमाडौंको ह्याम्स हस्पिटलबाट बेडसिफ्ट गरेर सिम्रिक एयरको हेलिकप्टरबाट बुधबार अपराह्न ५ः४५ बजेतिर उनलाई बिर्तामोडको बीएन्डसी अस्पतालमा ल्याइएको हो ।

    अस्तपतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले काठमाडौंमा सङ्क्रमितको चाप बढेपछि उप्रेतीलाई बेडसिफ्ट गरिएको परिवारका सदस्यको भनाइ उद्धृत गर्दै बताए ।

    झापाको शिवसताक्षी नगरपालिका–८ स्थायी घर भए पनि उप्रेती काठमाडौंमा बस्दै आएका थिए । उनलाई आईसियूमा राखेर उपचार थालिएको गिरीले जानकारी दिए । 

    बीएन्डसी अस्पतालमा हाल कोभिडको उपचारका लागि २५ शय्याको छुट्टै आइसोलेसन वार्ड सञ्चालनमा छ । अहिले पाँच कोभिड–१९ का सङ्क्रमितको उपचार भइरहेको छ । बिरामीको चाप बढेमा आइसोलेसनको क्षमता बढाइने गिरीले बताए । 

    “राजधानीमा सङ्क्रमितको चाप यति बढ्दै गएको छ कि शय्या पाउन पनि मुस्किल हुँदै गएको अवस्था छ”, गिरीले भने, “बीएन्डसीमा कोरोना सङ्क्रमित र अरु बिरामीलाई सुरक्षित उपचार गर्न भिन्नाभिन्नै ब्लक सञ्चालनमा ल्याएका छौँ । काठमाडौंबाट अरु सङ्क्रमितले समेत बेडसिफ्ट गरेर आउनका लागि सम्पर्क गरिरहनु भएको छ ।” -रासस

    २०७८, बैशाख १६ बिहिवार०८:१६:२६
    प्रतिक्रिया
    सम्बन्धित समाचार