काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ११ सय २७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जना कोरोना संक्रमित भेटिएका हुन् ।
बिहीबार मात्रै पछिल्लो २४ घण्टामा ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९२८ जना संक्रमित भेटिएका हुन् ।
योसँगै सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको छ भने हालसम्म कोभिड १९ संक्रमितको कूल संख्या ३ लाख १७ हजार ५३० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ८८८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा ९ वर्षसम्मका बालबालिका ८९ जना र १० देखि १९ वर्षका २९५ जना छन् ।
पछिल्लो चौबीस घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २० देखि २९ वर्षका नागरिक १ हजार २६७ छन् ।