विश्वकप विजेता पाओलो रोसीको निधन

विश्वकप विजेता पाओलो रोसीको निधन

२०७७, मंसिर २५ बिहिवार

  • 1.5K
    SHARES

  • विश्वकप विजेता पाओलो रोसीको निधन

    मंसिर २५, काठमाडौं ।

    विश्वकप फुटबल प्रतियोगितामा इटलीलाई विजेता बनाउन नेतृत्व गरेका खेलाडी पाउलो रोसीको निधन भएको छ । 

    उनकी श्रीमती फेडेरिका कपेलेटीले ६४ बर्षको उमेरमा आफ्ना श्रीमान्को निधन भएको बिहीबार पुष्टि गरेकी हुन् ।  

    उनले इटलीलाई सन् १९८२ मा भएको विश्वकपको उपाधि दिलाएका थिए । त्यसपछि उनी आफ्नै देशमा फुटवलको कमेन्टेटरका रुपमा क्रियाशिल भएका थिए । 

    इटलीमा राज्यद्वारा सञ्चालित रेडियो र टेलिभिजनको संस्था आरएआइमा समेत काम गरेका रोसीलाई इटलीका विश्व प्रसिद्ध सफल खेलाडीका रुपमा चिन्ने गरिएको छ ।  

    उनको निधनपछि उनकी श्रीमतीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, “तपाई जस्तो संसारमा अर्को कोही छैन, तपाई विषेश हुनुहुन्थ्यो, फरक हुनुहुन्थ्यो, तर अव तपाई नै नरहेपछि म पूर्ण शून्यतामा पुगेकी छु ।”

    रोसीले स्पेनमा भएको विश्वकपमा ६ गोल गरेका थिए । ब्राजिलसँगको खेलमा ३–२ गोल गरेर इटलीलाई जिताएका थिए भने विश्वकपको फाइनलमा पश्चिमी जर्मनीविरुद्ध ३–१ गोलका साथ उपाधि दिलाएका थिए ।  

    सन् १९८२ मा नै उनी फिफा बर्ष खेलाडीका रुपमा पनि निर्वाचित भई विश्वकै सर्वप्रिय खेलाडीमध्ये एक बन्न सफल भएका थिए ।  

    उनको निधनमा शोक व्यक्त गर्दै इटलीको फुटबल महासंघले आधा झण्डा झुकाउने भएको छ । उनको निधनप्रति खेलाडी, सुभेच्छुक, उच्च पदस्थ व्यक्तिलगायतले शोक व्यक्त गरेका छन् ।- एजेन्सी । 

    २०७७, मंसिर २५ बिहिवार०८:४७:४५
    प्रतिक्रिया
    सम्बन्धित समाचार