पोलार्ड चम्किँदा अविश्वसनीय बन्यो मुम्बईको जित

पोलार्ड चम्किँदा अविश्वसनीय बन्यो मुम्बईको जित

२०७८, बैशाख १९ आइतवार

  • 1.2K
    SHARES

  • पोलार्ड चम्किँदा अविश्वसनीय बन्यो मुम्बईको जित

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत मुम्बई इन्डियन्सले रोमाञ्चक जित हासिल गरेको छ । शनिबार मध्यराती सम्पन्न भएको खेलमा मुम्बईले चेन्नई सुपर किंग्समाथि ४ विकेटको जित निकालेको हो ।

    दिल्लीमा चेन्नईले दिएको २१९ रनको विशाल लक्ष्य मुम्बईले निर्धारित २० ओभरको अन्तिम बलमा पूरा गर्‍यो । मुम्बईका लागि काइरन पोलार्डले ८७ रनको अर्धशतकीय पारी खेले । ३४ बल खेलेका उनले ६ चौका र ८ छक्का प्रहार गरे ।

    उनले १७ बलमै ५० रन कटाए पछि खेलले नाटकिय मोडलिने अनुमान खेलप्रेमीले गरेका थिए । 

    त्यस्तै, क्विन्टन डीककले ३८ रन बनाउँदा कप्तान रोहित शर्माले ३५ र कर्नाल पाड्याले ३२ रनको योगदान गरे ।

    बलिङतर्फ चेन्नईका लागि श्याम करणले ३ विकेट लिए । त्यस्तै, शार्दुल ठाकुर, रविन्द्र जडेजा र मोइन अलीले समान एक/एक विकेट लिए ।

    यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै २१८ रन बनाएको थियो । चेन्नईका लागि अम्बाती रायडु, मोइन अली र फाफ डू प्लेसिसले अर्धशतकीय पारी खेले ।

    २७ बल खेलका रायडुले ४ चौका र ७ छक्का प्रहार गर्दै ७२ रन बनाए । त्यस्तै, ३६ बल खेलेका मोइन अलीले ५ चौका र ५ छक्का प्रहार गर्दै ५८ रन बनाए । ५० रन बनाएका डू प्लेसिसले २ चौका र ४ छक्का प्रहार गरे ।

    बलिङतर्फ मुम्बईका लागि काइरन पोलार्डले २ विकेट लिए । त्यस्तै, जस्प्रित भुम्राह र टेन्ट बोल्टले समान एकरएक विकेट लिए ।

    जितसँगै मुम्बईले ७ खेलबाट ८ अंक जोडेको छ । पराजित चेन्नई तालिकाको शीर्ष स्थानमा छ । चेन्नईको ७ खेलबाट १० अंक छ । समान १० अंक भए पनि दिल्ली क्यापिटल्स र बैंग्लोर च्यालेन्जर्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । 

    २०७८, बैशाख १९ आइतवार०७:४०:५२
    प्रतिक्रिया
    सम्बन्धित समाचार