संविधान सभासद शिव बहादुर खँड्काको निधन 

संविधान सभासद शिव बहादुर खँड्काको निधन 

२०७८, बैशाख १९ आइतवार

  • 1.3K
    SHARES

  • संविधान सभासद शिव बहादुर खँड्काको निधन 

    रामेछाप । संविधान सभासद तथा रामेछाप जिल्लाका पुर्व जिविस सभापति शिव बहादुर खँड्काको निधन भएको छ । नेपाली कांग्रसेका केन्द्रीय सदस्य समेत रहेका खँडका लामो समय देखि उच्च रक्तचापका बिरामी थिए ।

    रामेछाप सुनापति गाउँपालिका- ४ बेथान निवासी नेता खँड्का आज बिहान आफ्नैं निवास भक्तपुरमा लडेर बेहोस भएपछि नागरिक अस्पताल गट्ठाघरमा उपचारका क्रममा निधन भएको हो ।

    उनको अन्तिम संस्कार पशुपति आर्यघाटमा गरिने तयारी भईरहेको कांग्रेस कार्यकर्ता दुर्लव अधिकारीले बताए ।

    नेपाल विद्यार्थी संघको संस्थापक सदस्य एवं रामेछाप कांग्रेस पार्टी सभापति समेत भएका खँड्का जिल्लामा अभिभावकीय भूमिकामा रहेका थिए । ७८ वर्षीय खँड्काका दुई श्रीमती र १ छोरी छन् । 

    २०७८, बैशाख १९ आइतवार०१:३१:२७
    प्रतिक्रिया
    सम्बन्धित समाचार