काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ८९३ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ७७९, ललितपुरमा ५१३ र भक्तपुरका ६०१ जना गरि थप ३ हजार ८९३ कोरोना संक्रमित थपिएका छन् ।
यसै अवधिभित्र देशभर थप ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५५ जनाको मृत्यु भएको छ ।