काठमाडौं । कोभिड-१९ उपचारका लागि केएमसी अस्पतालले उपचार रकम सार्वजनिक गरेको छ ।
वैशाख १९ गते सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले निर्णय गर्दै कोभिड उपचारका लागि थप कोभिड क्याविन व्यवस्थापन गरेको हो ।
उक्त दिनको ६ः०० बजेबाटै लागु गरिएको सो निर्णयानुसार क्याबिन सिंगल बेडका लागि प्रति दिन रु २० हजार, डबल बेड प्रतिदिन रु १० हजार, क्याबिन डिलक्स प्रतिदिन रु २५ हजार र क्याविन सुपर डिलक्स प्रतिदिन रु ३० हजार कायम गरिएको वरिष्ठ प्रशासक प्रेम प्रकाश थापाद्धारा हस्ताक्षरित सूचनामा जनाईएको छ ।
केएमसीको उक्त निर्णयलाई लिएर सामाजिक संजालमा लुटतन्त्रको पराकाष्ठा भन्दै आक्रोश व्यक्त गरिएको छ ।
सरकारले वैशाख २० गते एक निर्णय गर्दै महिनाभरि काम गरेका श्रमिकलाई सम्बोधन गर्न साउन १ गतेबाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक मूल्य प्रति महिना १५ हजार पुर्याएको छ ।
यद्यपि कोरोना महामारीले व्यवसाय नै धरासायी भएको अवस्थामा पहिला कायम रहेको स्केल १३ हजार ४५० नै तिर्न गार्हो बन्दै गएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले विरोध गरिरहेका छन् ।
अस्पतालको निर्णयले श्रमिक तथा निम्न आय भएका कोभिड बिरामीका लागि उपचारै गर्न नसक्ने अवस्था सृजना भएको पाइएको छ । स्रोत: सामाजिक संजाल
