नेपाल सुपर लिग : काठमाडौँ रेजर्सले हरायो बुटवल लुम्बिनी एफसीलाई

नेपाल सुपर लिग : काठमाडौँ रेजर्सले हरायो बुटवल लुम्बिनी एफसीलाई

२०७८, बैशाख २२ बुधवार

  • 2.0K
    SHARES

  • नेपाल सुपर लिग : काठमाडौँ रेजर्सले हरायो बुटवल लुम्बिनी एफसीलाई

    काठमाडौँ । नेपाल सुपर लिगअन्तर्गत मंगलवार सम्पन्न खेलमा काठमाडौँ रेजर्सले बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा  काठमाडौँले बुटवललाई एक शून्य गोलले हराएको हो । हारपछि बुटवलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

    काठमाडौँका लागि निर्णायक गोल विदेशी स्टेफेनको विलोङले गरे । उनले खेलको पाँचौँ मिनेटमा गोल गरे । खेलको शुरुआतदेखि नै काठमाडौँले निकै आक्रामक खेल खेलेको थियो ।

    यस्तै खेलको सातौँ मिनेटमा बुटवलले पेनाल्टीको अवसर पाएको थियो । सो अवसरको बुटवलले फाइदा लिन सकेन । खेलको १३ औँ मिनेटमा काठमाडौँले गोलको अवसर पाएको थियो । सो अवसरको सदुपयोग भने हुन सकेन । 

    यस्तै खेलको २६ औँ मिनेटमा पनि बुटवलले गोलको अवसरको फाइदा लिन सकेन । खेलको २८औंँ मिनेटमा बुटवलका सुमन लामाले गरेको गोलको प्रयास असफल भयो ।

    मध्यान्तरपछिको खेलको ८६ औंँ मिनेटमा बुटवलका आशिष लामाको प्रहार गोलमा परिणत हुन सकेन । जीतसँगै काठमाडौंँले तीन अंक बटुलेको छ । काठमाडौँको चार खेलमा सात अंक भएको छ ।

    बुटवललाई पछि पार्दै काठमाडौँ लिगको तेस्रो स्थानमा उक्लिएको छ । बुटवल चार खेलमा पाँच अंक जोड्दै लिगको चौथो स्थानमा खुम्चिएको छ । 

    २०७८, बैशाख २२ बुधवार०६:५६:३९
    प्रतिक्रिया
    सम्बन्धित समाचार