एम्बुलेन्स तथा बेड चाहिएमा यी नम्बरमा फोन गर्नुहोस् 

एम्बुलेन्स तथा बेड चाहिएमा यी नम्बरमा फोन गर्नुहोस् 

२०७८, बैशाख २३ बिहिवार

  • 2.5K
    SHARES

  • एम्बुलेन्स तथा बेड चाहिएमा यी नम्बरमा फोन गर्नुहोस् 

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि बेड चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७  र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

    मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि बेड चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको हो । 

    सङ्क्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरि बेडको अभाव रहेको छ । बुधबार मात्र आठ हजार ६५९ जना सङ्क्रमित भएका थिए भने ५८ को निधन भएको थियो ।

    ती नम्बरमा फोन गरे बेड उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

    २०७८, बैशाख २३ बिहिवार११:५३:४२
    प्रतिक्रिया
    सम्बन्धित समाचार