उपत्यका अपडेट : आज मात्रै ३,९७२ मा देखियो कोरोना भाईरस 

उपत्यका अपडेट : आज मात्रै ३,९७२ मा देखियो कोरोना भाईरस 

२०७८, बैशाख २३ बिहिवार

  • 1.3K
    SHARES

  • उपत्यका अपडेट : आज मात्रै ३,९७२ मा देखियो कोरोना भाईरस 

    काठमाडौं । काठमाडौँ उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ३ हजार ९७२ कोभिड संक्रमित थपिएका छन् ।

    जसमध्ये काठमाडौंमा ३ हजार १६३ भक्तपुरमा २४२ र ललितपुरमा ५६७ जना छन् । 

    योसँगै काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३२ हजार ४५२ पुगेको छ ।

    जसमध्ये आईसीयूमा १८७ जना र भेन्टिलेटरमा ८३ जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    २०७८, बैशाख २३ बिहिवार०५:४१:५८
    प्रतिक्रिया
    सम्बन्धित समाचार