प्रधानको योगदान चीरकालसम्म सम्झने छौँः राष्ट्रपति

प्रधानको योगदान चीरकालसम्म सम्झने छौँः राष्ट्रपति

२०७८, बैशाख २४ शुक्रवार

  • 1.3K
    SHARES

  • प्रधानको योगदान चीरकालसम्म सम्झने छौँः राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली साङ्गीतिक आकाशका उज्ज्वल नक्षत्र प्रेमध्वज प्रधानको निधनमा दुःख व्यक्त गर्नु भएको छ ।  

    उहाँले विहिवार साँझ ट्वीट गर्दै वरिष्ठ गायक प्रधानप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभएको हो । “नेपाली सङ्गीतको श्रीवृद्धिमा उहाँको योगदानलाई हामी चीरकालसम्म सम्झिरहनेछौंँ ”, ट्वीटमा भनिएको छ ।

    यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विहिवारै अपराह्न ट्वीट गरी मूर्धन्य गायक प्रधानको असामयिक निधनमा दुःख व्यक्त गर्नुभएको छ ।

    दिवंगत प्रधानप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्रीले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । “नेपाली गीतसंगीतको क्षेत्रमा उहाँको योगदान सदा स्मरणीय रहने छ ”, ट्वीटमा भनिएको छ । 

    प्रधानमन्त्री ओलीले विहिवारै राष्ट्रिय समावेशी आयोगका सदस्य रामचन्द्र जोशीको असामयिक निधनमा दुःख व्यक्त गर्दैै उनीप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको थियो । 

    २०७८, बैशाख २४ शुक्रवार०७:०६:१४
    प्रतिक्रिया
    सम्बन्धित समाचार