विश्वकीर्तिमानी कामीरिताको आरोही टोली आधार शिविरमा

विश्वकीर्तिमानी कामीरिताको आरोही टोली आधार शिविरमा

२०७८, बैशाख २५ शनिवार

  • 1.2K
    SHARES

  • विश्वकीर्तिमानी कामीरिताको आरोही टोली आधार शिविरमा

    काठमाडौँ । वसन्त यामको सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथाको चुचुरामा पुगेको आरोही समूह आज सगरमाथाको आधार शिविर आइपुगेको छ ।

    सगरमाथाको चुचुरामा डोरी टाँग्न शुक्रबार साँझ ६ः०० बजे शिखर पुगेको कीर्तिमानी आरोही कामीरिता शेर्पाले नेतृत्व गरेको १२ जनाको शेर्पा आरोही समूह आज मध्याह्न आधार शिविर आइपुगेको हो । 

    सगरमाथाको चुचुरासम्म बाटो बनाएर फर्किएको आरोही समूहलाई आधार शिविरमा स्वागत गरिएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।

    उनका अनुसार अहिले सगरमाथा आरोहणका लागि अनुकूल मौसम रहेकाले अधिकांश आरोही आधार शिविरमाथितिर लागेका छन् ।

    आरोहणका लागि पहिलो लहरमा बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोली छ । विशिष्ट विदेशी पाहुनाको यो आरोहणलाई निकै महत्वका साथ लिइएको छ ।

    नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का महासचिव कूलबहादुर गुरुङले सगरमाथाको विशिष्ट पाहुनाबाट हुन लागेको आरोहणले विश्वभर सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।

    डोरी टाँग्ने समूहपछि पहिलो आरोहण बहराइनको टोलीले गर्न लागेको जनाइएको छ । बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको टोली आरोहणमा निस्किएको हो । आरोहणमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती छन् ।

    २०७८, बैशाख २५ शनिवार०२:५८:१५
    प्रतिक्रिया
    सम्बन्धित समाचार