काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम पराजित भएको छ । नेपाली समय अनुसार शनिबार साँझ सम्पन्न भएको खेलमा टोटेनहम लिड्स युनाइटेडसँग ३–१ ले हारेको हो ।
घरेलु मैदानमा भएको खेलमा लिड्सलाई जित दिलाउन स्टुर्ट डालस, पाट्रिक बाम्फोर्ड र रोर्डिगोले एकरएक गोल गरे । टोटेनहमका लागि सन हेउन्जमिनले एक गोल फर्काए ।
खेलको १३औँ मिनेटमा डालसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पाहुना टोली टोटेनहमका लागि सनले २५औँ मिनेटमा बराबरी गोल फर्काए । ४२औँ मिनेटमा बाम्फोर्डले गोल गर्दै लिड्सलाई २–१ को अग्रता दिलाए । ८४औँ मिनेटमा रोर्डिगोले गोल गरेसँगै लिड्स ३–१ ले विजयी भयो ।
जितसँगै लिड्सले ३५ खेलबाट ५० अंक जोडेको छ । लिड्स अंकतालिकाको नवौँ स्थानमा छ । पराजित टोटेनहमको ३५ खेलबाट ५६ अंक छ । टोटेनहम छैटौँ स्थानमा छ ।