नेपाल सुपर लिग : ललितपुर र बुटवल प्ले अफमा

नेपाल सुपर लिग : ललितपुर र बुटवल प्ले अफमा

२०७८, बैशाख २६ आइतवार

  • 1.8K
    SHARES

  • नेपाल सुपर लिग : ललितपुर र बुटवल प्ले अफमा

    काठमाडौँ । ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेका छन् । ललितपुरले विराटनगर सिटी एफसीलाई ४–० गोल  तथा बुटवल लुम्बिनी एफसीले धनगढी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष चारमा स्थान बनाएका हुन् । 

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा ललितपुरका लागि कप्तान अञ्जन विष्टले दुई तथा विमल राना र नुर्लान जाहिदले एक एक गोल गरे । दुवै टोलीले खेलको आरम्भदेखि नै निकै आक्रामक खेल प्रदर्शन गरेका थिए । खेलको छैटाँैं मिनेटमा विराटनगरका लागि विदेशी एडिलाजा सोमिडेले गोलको प्रयास गरे पनि असफल भए । खेलको १४ औंँ मिनेटमा विराटनगरका एडिलाजाले नै गोलको अवसर गुमाए ।  

    ललितपुरका गोलकिपर अर्पण कार्कीले उनलाई विफल पारे । कार्कीले नै विराटनगरका सन्तोष तामाङको प्रहार सहजै रोके । खेलको ३६ औंँ मिनेटमा ललितपुरका कप्तान विष्टले पहिलो गोल गरे । उनको प्रहार विराटनगरका गोलकिपर किशोर गिरीले रोक्न सकेनन् ।

    खेलको ६३ औंँ मिनेटमा ललितपुरका रानाले आफ्नो टोलीका लागि दोस्रो गोल गरे । खेलको ८१ औंँ मिनेटमा कप्तान विष्टले नै दोस्रो गोल गर्दै ललितपुरलाई ३–० गोलको अग्रता दिलाए । खेलको ८५ औँ मिनेटमा विराटनगरका रञ्जित धिमाल रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।  

    खेलको इञ्जुरी समयमा विदेशी खेलाडी नुर्लान जाहिदले गोल गर्दै ललितपुरलाई ४–० ले खेल जिताए । खेलमा ललितपुरका कप्तान विष्ट प्लेयर अफ दी म्याच घोषित भए । उनले रु २५ हजार पुरस्कार प्राप्त गरे । उदीयमान खेलाडी ललितपुरकै डोना थापा चुनिए ।

    उनले रु १० हजार पुरस्कार प्राप्त गरे । जीतसँगै ललितपुर ६ खेलमा ९ अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको छ । विराटनगर ६ खेलमा ७ अंक जोडेर पाँचौँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो । 

    यसैगरी अर्को खेलमा बुटवल नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको खेलमा धनगढी एफसीलाई १–० गोलले पराजित गर्दै बुटवल प्ले अफमा प्रवेश गरेको हो ।  बुटवलका लागि निर्णायक गोल सुमन लामाले खेलको ८० औँ मिनेटमा गरे ।

    बुटवल लिग चरणको ६ खेलमा ८ अंक जोड्दै चौथो स्थानमा कायम रहन सफल भयो । आइतबार लिग चरणको अन्तिम खेलमा चितवन र काठमाडौंँ भिड्ने छन् । धनगढी र काठमाडौंँबीच पहिलो क्वालिफायर तथा ललितपुर र बुटवलबीच दोस्रो क्वालिफयर खेल हुनेछ । 

    २०७८, बैशाख २६ आइतवार०७:०९:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार