कोरोनाका कारण अनिश्चितकालका लागि ‘कमेडी च्याम्पियन सिजन–२’ बन्द

कोरोनाका कारण अनिश्चितकालका लागि ‘कमेडी च्याम्पियन सिजन–२’ बन्द

२०७८, बैशाख २७ सोमवार

  • 2.1K
    SHARES

  • कोरोनाका कारण अनिश्चितकालका लागि ‘कमेडी च्याम्पियन सिजन–२’ बन्द

    काठमाडौं । अत्यधिक रुचाईएको नेपाली हास्यव्यंग्य रियालिटी सो ‘कमेडी च्याम्पियन सिजन–२’ अनिश्चितकालका लागि बन्द भएको छ । 

    कोभिड–१९ को दोस्रो भेरियन्टले सिर्जना भएको असहज परिस्थितीले नयाँ भाग छायाँंकन असम्भव भएपछि शो अहिलेलाई बन्द गरिएको आयोजकले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । 

    ‘कोभिड–१९ का कारण सिर्जना भएको यो स्थितिका बीच हामी तपाईंहरू माझ कमेडी च्याम्पियन सिजन २ का नयाँ एपिसोड पस्किन असमर्थ छौं’ आयोजकले आफ्नो अधिकारिक पेजमा लेखेको छ ‘अहिलेलाई हाम्रो छायाँंकन स्थगित गरिएको छ, तर पक्कै पनि चाँडोभन्दा चांडो नयाँ ऊर्जा सहित आउने नै छौं ।’

    त्यसैगरि आयोजकले सबैलाई सुरक्षित बस्न, आफु र आफन्तको ख्याल राख्न समेत अनुरोध गरेको छ ।

    २०७८, बैशाख २७ सोमवार१२:५२:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार