कपन निवासी टिकेसले निजी कारलाई बनाए एम्बुलेन्स 

कपन निवासी टिकेसले निजी कारलाई बनाए एम्बुलेन्स 

२०७८, बैशाख २७ सोमवार

  • 2.6K
    SHARES

  • कपन निवासी टिकेसले निजी कारलाई बनाए एम्बुलेन्स 

    काठमाडौं । कोरोना महामारी बढ्दै जाँदा अस्पताल पुग्नै असहज बनेका घटना अब नौला रहेनन् । त्यसमा पनि संक्रमण बढ्दै गएपछि लकडाउनका कारण यातायातका साधन ठप्प छन् । निजी सवारीसाधन र पहुँचहुनेले बाहेक अस्पताल पुग्नै समस्या सहरमै पनि देखिन थालेका छन् भने ग्रामिण भेकमा कति अत्यासलाग्दो होला कल्पनै गर्न सकिन्न । 

    यसै परिस्थिति बुझेका बुढानिलकण्ठ १३ निवासी युवासंघ केन्द्रीय सदस्य समेत रहेका टिकेस नारायण श्रेष्ठले आफ्नै निजी कारलाई एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याएका छन् ।

    "मानविय सेवा भन्दा ठूलो धर्म केहि पनि हुँदैन, स्वास्थ्य प्रोटोकल अपनाउँदै बिरामी बोकिरहेको छु", स्वास्थ्य चौकीका पदाधिकारी समेत रहेका श्रेष्ठले भने । 

    "शुरुमा त आफ्नो वडाका बिरामी मात्र बोकियो, त्यसपछि नगरक्षेत्रका आवश्यक सबैतिर गईरहेको छु", उनले थपे । अस्पतालका एम्बुलेन्स र ट्याक्सी नपाएर बिरामीलाई अस्पताल लान कठिन भए ९८५१००५६७४ मा सम्पर्क गर्न समेत उनले भनेका छन् ।

    वैशाख १७ गतबाट शुरु भएको मानवीय सेवा लकडाउन अवधिभर जारिरहने पनि उनको भनाई छ ।

    कपन चुनिखेलको मुख्यबाटामा बसेर 'तपाईँको मास्क खोई ?' कार्यक्रम समेत उनले निरन्तररुपमा संचालन गरिरहेको व्यवसायी राजेश घिमिरेले बताए । 

    २०७८, बैशाख २७ सोमवार०९:५१:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार