पङ्गेनीको ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक (भिडियो सहित )

पङ्गेनीको ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक (भिडियो सहित )

२०७७, मंसिर २६ शुक्रवार

  • 7.5K
    SHARES

  • पङ्गेनीको ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक (भिडियो सहित  )

    मंसिर २६, काठमाडौँ । 

    कला चल्यो, गला चल्यो, मान्छे चलेन
    तिम्रो घरमा मेरी छोरी भान्से चलेन 
    किन सम्धिनी मान्छे चलेन 
    किन सम्धीज्यू भान्से चलेन  

    बद्री पङ्गेनी र गोपाल पोखरेलको लोकगीत ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक भएको छ । बद्री पङ्गेनी युटुब च्यानलबाट बजारमा आएको गीतमा पङ्गेनी र रचना रिमालले स्वर दिएका छन् । गीतमा नारायण ज्ञवालीका शब्द र पङ्गेनी आफैँकोे सङ्गीत छ । पहिलो पटक गीतको भिडियो निर्देशन पङ्गेनी आफैँले गरेका छन् ।  

    बिपी फिल्म प्रालिले निर्माण गरेको भिडियोमा सन्तोष पन्त, लक्ष्मी गिरी, टीका जैसी, रेश्मी भट्ट, कृष्ण बराल, मनिषा राउत र बालकलाकार जेनिशा बुढा मगरको अभिनय तथा विश्वास नेपालको सङ्गीत संयोजन  छ ।

    पङ्गेनीले रहर जागेर भिडियो निर्देशन गरिएको र आगामी दिनमा पनि निर्देशनलाई निरन्तरता दिन सक्ने बताए । उनका अनुसार समाजमा जरा गाडेर रहेको जातीय विभेदको समस्या उजागर गर्दै अन्त्य गर्नमा मद्दत गर्ने विश्वास लिइएको छ । 

    हाम्रा चेलीहरुलाई  कहिले न्याय हुन्छ
    जातीय विभेद देख्दा न्याय आफैँ रुन्छ 
    दाइजो देको औंठी चल्यो, मान्छे चलेन 

    गीतमा कथित उपल्लो जातको युवकले कथित तल्तो जातकी युवतीसँग प्रेम गर्छ । उसले आफ्ना बुवाआमासँग विवाहको प्रस्ताव राख्छ, तिनले पानी नचल्ने भनिएकीसँग विवाह गर्न अस्वीकार गर्छन् । उसले विवाह नभए आत्महत्या गर्ने बताएपछि बाबुआमाले विवाह गर्ने स्वीकृति दिन्छन् ।

    विवाह गरी युवक परदेशतिर लाग्छ । यता घरमा नयाँ बुहारी जातीय विभेदको चपेटामा पर्छे । श्रीमान् आएपछि  आएपछि उनीहरु दुवै न्यायको ढोका ढक्ढक्याउन पुग्छन् । बुवाआमा दुवैलाई प्रहरीले पक्राउ गरी अदालतसम्म पुर्याउँछ । कानून बुझेपछि उनीहरुले बुहारीलाई स्वीकार्छन् र भान्सा सुम्पिन्छन् ।

    २०७७, मंसिर २६ शुक्रवार०६:१८:१०
    प्रतिक्रिया
    सम्बन्धित समाचार