पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार

पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार

२०७८, बैशाख २८ मंगलवार

  • 1.2K
    SHARES

  • पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार

    काठमाडौं । पूर्वरानी कोमल शाहको स्वास्थ्यावस्थामा सुधार देखिएको छ। नर्भिक अस्पतालमा उपचाररत उनको स्वास्थ्यावस्थामा सुधार आएपछि केही दिनदेखि सघन उपचार कक्षबाट शय्या सारेर उपचार भइरहेको छ । 

    अस्पतालका कर्पोरेट कम्युनिकेसन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्व रानीको स्वास्थ्यमा सुधार आएपछि अक्सिजनको मात्रासमेत घटाउँदै लगिएको जानकारी दिए । उनकाअनुसार पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणा शाह कोरोना सङ्क्रमणमुक्त भएका छन् । 

    पूर्वरानीको प्लाज्माथेरापी विधिबाट उपचार थालिएको थियो । यस्तै सङ्क्रमणमुक्त भएपछि पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको अस्पतालले जनाएको छ । अब राजपरिवार कोरोनाबाट खतरामुक्त भएको जनाइएको छ । 

    २०७८, बैशाख २८ मंगलवार०५:३१:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार