टेस्ट वरीयतामा भारत शीर्ष स्थानमा यथावत् 

टेस्ट वरीयतामा भारत शीर्ष स्थानमा यथावत् 

२०७८, बैशाख ३० बिहिवार

  • 1.2K
    SHARES

  • टेस्ट वरीयतामा भारत शीर्ष स्थानमा यथावत् 

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) टेस्ट राष्ट्रको वरीयता सार्वजनिक गरेको छ ।

    आईसीसीले सर्वाजनिक गरेको नयाँ वरीयताअनुसार भारत शीर्ष स्थानमा यथावत् छ । पछिल्लो समय भएका टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको भारत शीर्ष स्थानमै रहन सफल भएको हो ।

    न्युजिल्यान्ड पनि दोस्रो स्थानमा यथावत् छ । इंग्ल्यान्ड तेस्रो स्थानमा उक्लिँदा अष्ट्रेलिया चौथो स्थानमा छ ।

    त्यसैगरि पाकिस्तान पाँचौं, वेस्ट ईन्डिज छैटौं, साउथ अफ्रिका सातौं, श्रीलंका आठौं,  बंगलादेश नवौं र जिम्बाबे दशौं स्थानमा छन् । 

    २०७८, बैशाख ३० बिहिवार०५:२५:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार