कोरोना भाइरसका कारण शिक्षाकर्मी कोइरालाको निधन

कोरोना भाइरसका कारण शिक्षाकर्मी कोइरालाको निधन

२०७८, बैशाख ३१ शुक्रवार

  • 2.5K
    SHARES

  • कोरोना भाइरसका कारण शिक्षाकर्मी कोइरालाको निधन

    काठमाडौं । कोरोना संक्रमणका कारण शिक्षाकर्मी निर्देश कोईरालाको निधन भएको छ । 

    काठमाडौं बानेश्वरमा अवस्थित एभरेष्ट फ्लोरिडा कलेजका संचालक समिति सदस्य तथा प्रशासक कोइरालाको आज बिहान नेपाल मेडिकल कलेज जोरपाटीमा निधन भएको क्याम्पस प्रमुख भानुहरी भण्डारीले बताए । 

    उनमा २७ दिन अघि कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण बढ्दै गएपछि आईसियु र भेन्टीलेटरमा राख्दा पनि उनलाई बचाउन नसकिएको भण्डारीले बताएका छन् । 

    उनका परिवारमा श्रीमती र दुई छोरी छन् । 

    २०७८, बैशाख ३१ शुक्रवार०९:००:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार