पाँचौं प्रयासमा लेस्टर एफए कप च्याम्पियन

पाँचौं प्रयासमा लेस्टर एफए कप च्याम्पियन

२०७८, जेठ २ आइतवार

  • 1.4K
    SHARES

  • पाँचौं प्रयासमा लेस्टर एफए कप च्याम्पियन

    काठमाडौं । लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्शकको उपस्थितीमा लण्डनस्थित वेम्लीको रंगशालामा भएको फाइनलमा चेल्सीलाई १-० ले पराजित गर्दै लेस्टर च्याम्पियन बनेको हो ।

    लेस्टरको लागि खेलको दोस्रो हाफमा युरी थिलेमन्सले एक मात्र गोल गरे । उनले ६३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । 

    ८९औं मिनेटमा लेस्टरकै पूर्व खेलाडी बेन चिलवालको प्रहार डिफ्लेक्स हुँदै गोल भएको थियो । तर भिएआर रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् ।

    यसअघि चार पटक फाइनल खेलेपनि एफए कपको उपाधि जित्न नसकेको लेस्टर पाँचौ पटकमा भने भाग्यमानी बन्यो । लेस्टरले यसअघि सन् १९४९, १९६१, १९६३  र १९६९ मा फाइनल खेलेपनि उपविजेता बनेको थियो ।

    उता ८ पटक उपाधि जितेको लण्डन क्लब चेल्सी लगातार दोस्रो पटक उपविजेतामै सीमित बनेको छ । चेल्सीले पछिल्लो पटक सन् २०१८ मा एफए कप जितेको थियो ।

    एफए कपको उपाधी सर्वाधिक १४ पटक आर्सनलले जितेको छ । 

    २०७८, जेठ २ आइतवार०७:४३:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार