काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १,८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जना गरी २ हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबार देशभरमा भने ७,३६८ जनामा संक्रमण पुष्टि भएको छ भने १४५ जनाको मृत्यु भएको छ ।