काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३,०९८ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।
काठमाडौैंमा २,३४६, ललितपुरमा ४५४ र भक्तपुरमा २९८ जना नयाँ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभर २२ हजार ८७ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ९,२४७ जनाको नतिजा पोजिटिभ आएको छ ।
संक्रमितमध्ये हाल एक हजार २५९ जना आईसीयू र ४०० जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।