गाउँ पसेको हात्ती खेदाउँदा एकको मृत्यु

गाउँ पसेको हात्ती खेदाउँदा एकको मृत्यु

२०७८, जेठ ४ मंगलवार

  • 1.2K
    SHARES

  • गाउँ पसेको हात्ती खेदाउँदा एकको मृत्यु

    विर्तामोड । झापाको मेचीनगर नगरपालिकामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

    सोमबार राति करीब १२ः३० बजे गाउँ पसेको हात्ती खेदाउने क्रममा मेचीनगर–९ का ४५ वर्षीय श्याम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

    राति स्थानीय मागुरमाडी सामुदायिक वनबाट जङ्गली हात्ती गाउँ पसेको थियो । हात्ती खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको हो ।

    घाइते राईको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा गए राति २ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । हात्तीलाई स्थानीयबासी र प्रहरीले सोही जङ्गलतर्फ लखेटेका छन् । 

    २०७८, जेठ ४ मंगलवार०३:०९:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार