सभापति देउवाद्वारा १२ वर्षमाथिकालाई पनि खोप लगाउने तयारी गर्न आग्रह

सभापति देउवाद्वारा १२ वर्षमाथिकालाई पनि खोप लगाउने तयारी गर्न आग्रह

२०७८, जेठ ५ बुधवार

  • 1.3K
    SHARES

  • सभापति देउवाद्वारा १२ वर्षमाथिकालाई पनि खोप लगाउने तयारी गर्न आग्रह

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने भन्ने विज्ञको भनाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । 

    उनले आज सामाजिक सञ्जालमार्फत सरकारलाई केन्द्र र सात वटै प्रदेशमा बालबालिकाका लागि अस्पतालमा विशेष वार्ड-आइसियुलगायतको तयारी गर्न आग्रह गरेका छन् । 

    पूर्वप्रधानमन्त्री देउवाले १२ वर्षमाथिका बालबालिकालाई खोप शुरु गर्ने विषयमा पनि प्रक्रिया अघि बढाउन सरकारसँग अनुरोध गरेका छन् । 

    २०७८, जेठ ५ बुधवार०८:०३:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार