काठमाडौं । नेपाल प्रहरीका उच्च अधिकृत (डीएसपी) राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत केसीको आज बिहान कोरोना संक्रमणबाट निधन भएको स्रोतले बतायो ।
स्वास्थ्यमा समस्या देखिए पछि १५ दिन अगाडी उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । कडा निमोनियाका कारण आज उनको निधन भयो ।
उनी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्छन् ।