कोरोनाका कारण त्रि.वि. लेखापरिक्षण महाशाखा प्रमुख भट्टराईको निधन 

कोरोनाका कारण त्रि.वि. लेखापरिक्षण महाशाखा प्रमुख भट्टराईको निधन 

२०७८, जेठ ७ शुक्रवार

  • 1.9K
    SHARES

  • कोरोनाका कारण त्रि.वि. लेखापरिक्षण महाशाखा प्रमुख भट्टराईको निधन 

    काठमाडौं । कोरोनाका कारण त्रिभुवन विश्वविद्यालय लेखापरिक्षण महाशाखा प्रमुख शम्भु भट्टराईको निधन भएको छ । 

    उनको आज बिहानको राती २:३० बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा निधन भएको हो । 

    उनमा वैशाखको पहिलो हप्ता नै कोरोना संक्रमण भएको थियो । त्यसयता घरेलु उपचारले मात्र काम नगरेपछि उनी बैशाख २३ गते अस्पताल भर्ना भएका थिए ।

    स्वास्थ्य अवस्था झनझन बिग्रँदै गएपछि उनलाई आइसियु र भेन्टिलेटरमा राख्दा समेत बचाउन नसकिएको सोहि शाखाका अधिकृत एवं कर्मचारी नेता छत्र कार्कीले बताए । 

    धनगढी स्थाई घर भएका भट्टराई हाल ललितपुर बस्दै आएका थिए । 

    २०७८, जेठ ७ शुक्रवार०८:०१:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार