हेटौंडामा स्वास्थ्य सामाग्री महङ्गोमा बिक्री गर्ने मेडिकल सिल

हेटौंडामा स्वास्थ्य सामाग्री महङ्गोमा बिक्री गर्ने मेडिकल सिल

२०७८, जेठ ८ शनिवार

  • 1.1K
    SHARES

  • हेटौंडामा स्वास्थ्य सामाग्री महङ्गोमा बिक्री गर्ने मेडिकल सिल

    हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा बजारमा मूल्यभन्दा दोब्बरमा स्वास्थ्य सामग्री बेचेको आरोपमा एक मेडिकल सिल गरिएको छ ।

    शुक्रबार जिल्ला प्रशसन कार्यलय मकवानपुरले गरेको अनुगमनमा मेडिकलले अक्सिमिटर बजार मुल्य भन्दा  निकै महङ्गोमा बिक्री गरेको जनाउदै राप्तीरोडमा रहेको ‘सान्वी मेडिको’ मेडिकल सिल गरेको हो   ।

    साथै मेडिकलका स्वास्थ्यकर्मी हेटौंडा–७ की २५ वर्षीया नीशा आचार्य र हेटौंडा–९ की १८ वर्षीया मनिता मल्ललाई नियन्त्रणमा लिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा सहित उपभोक्ता हित तथा संरक्षण मञ्च सहितको टोलीले अनुगमन गरेको थियो ।

    सिल गरिएको मेडिकललाई कालोबजारी अन्तर्गतको मुद्धा चलाइने जनाइएको छ । उनीहरुलाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको छ । 

    २०७८, जेठ ८ शनिवार०८:५६:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार