सप्तरीमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

सप्तरीमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

२०७८, जेठ ८ शनिवार

  • 1.1K
    SHARES

  • सप्तरीमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

    राजविराज । सप्तरीको रुपनी गाउँपालिकामा करेन्ट लागेर गए राति एक महिलाको ज्यान गएको छ ।

    मृत्यु हुनेमा जिल्लाको रुपनी गाउँपालिका–३ हर्दिया गाउँका सन्तोष यादवको २४ वर्षीया श्रीमती अमृतादेवी यादव रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

    उनी घरमा जडान गरिएको टिभीको स्वीच अन गर्ने क्रममा करेन्ट लाग्दा घाइते भएकी थिइन् । करेन्ट लागेर गम्भीर घाइते भएकी अमृतालाई उपचारका लागि रुपनीस्थित युनिक अस्पताल लैजाँदा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    यस्तै सप्तरीको शम्भुनाथ नरपालिकास्थित सार्वजनिक पोखरीमा शुक्रबार डुबेर एक बालकको मृत्यु भएको छ । शम्भुनाथ नगरपालिका–१२ बस्ने मुनिलाल साहका १० वर्षीय छोरा रुपेश साहको डुबेर मृत्यु भएको हो 

    २०७८, जेठ ८ शनिवार०९:२२:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार