निवर्तमान सांसद रावलको पहलमा ४ पालिकालाई स्वास्थ्य सामग्री प्रदान

निवर्तमान सांसद रावलको पहलमा ४ पालिकालाई स्वास्थ्य सामग्री प्रदान

२०७८, जेठ ८ शनिवार

  • 2.1K
    SHARES

  • निवर्तमान सांसद रावलको पहलमा ४ पालिकालाई स्वास्थ्य सामग्री प्रदान

    धनगढी । कैलाली क्षेत्र नं २ का निवर्तमान सङ्घीय सांसद झपटबहादुर रावलको पहलमा चार पालिकालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

    लम्की चुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका, मोहन्याल गाउँपालिका र टीकापुर नगरपालिकालाई अक्सिजन कन्सन्ट्ररेटर, अक्सिजन सिलिन्डर, पिपिई सेट, गम बुट, स्यानिटाइजरलगायत सामग्री वितरण गरिएको हो ।
     
    लम्की चुहालाई पिपिई सेट सय, अक्सिजन कन्सन्ट्ररेटर तीन, अक्सिजन सिलिण्डर नौ, स्यानिटाइजर छ थान, गम बुट २० जोडा, चस्मा ४० थान, सर्किजल मास्क तीन हजार ६०० थान, त्यसैगरी टीकापुरलाई अक्सिजन कन्सन्ट्ररेटर पाँच, स्यानिटाइजर आठ थान तथा मास्क दुई पेटी वितरण गरिएको छ ।

    त्यस्तै बर्दगोरियालाई पिपिई सेट ५०, अक्सिजन कन्सन्ट्ररेटर एक, अक्सिजन सिलिण्डर दुई, स्यानिटाइजर एक थान वितरण गरिएको स्वास्थ्य सामग्री वितरणमा समन्वय गर्नुभएका नेत्र भण्डारीले बताए ।

    त्यस्तै लम्की चुहा अस्पतालका चिकित्सक प्रकाश तिमिल्सेनाले प्राप्त भएका स्वास्थ्य सामग्रीले बिरामीको प्रभावकारी उपचारमा सहयोग हुने भन्दै धन्यवाद व्यक्त गरे । 

    २०७८, जेठ ८ शनिवार०१:०८:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार