प्रजातन्त्र सेनानी सदुवा किसानको निधन

प्रजातन्त्र सेनानी सदुवा किसानको निधन

२०७८, जेठ ८ शनिवार

  • 1.6K
    SHARES

  • प्रजातन्त्र सेनानी सदुवा किसानको निधन

    सुरुङ्गा । प्रजातन्त्र सेनानी सदुवा किसानको निधन भएको छ । प्रजातन्त्रवादी नेता किसानको ६८ वर्षको उमेरमा आज निधन भएको हो । किसान समुदायका एक मात्रै प्रजातन्त्र सेनानी मेचीनगर निवासी थिए । 

    प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण किसानलाई पञ्चायती सरकारले उनलाई सात वर्ष जेल हालेको थियो । विसं २०२९ देखि २०३६ सम्म चन्द्रगढी जेलमा बन्दी जीवन बिताएका किसानको घरबाट १२ थान हतियार (बन्दुक) बरामद गरिएको थियोे । हतियारसहित पक्राउ परेका उनलाई हतियार ओसारपसार तथा भण्डार तथा राज्यद्रोहको मुद्दा लगाइएको थियोे ।

    झापा मेचीनगर नगरपालिका–१० किसान बस्तीका बासिन्दा सिके प्रसाईं (रामबाबु), कुलबहादुर (केबी) गुरुङ, तुर्सा हेमरमका सहयात्री उनी गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालाका विश्वास पात्र मानिँदै आएका थिए । भूविक्रम नेम्वाङसँगै कांग्रेसले चलाएको सशस्त्र आन्दोलनमा उनी सरिक व्यक्ति भएको बताइन्छ । 

    २०७८, जेठ ८ शनिवार०४:१९:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार