महोत्तरीमा विभिन्न घटनामा सात जनाको मृत्यु

महोत्तरीमा विभिन्न घटनामा सात जनाको मृत्यु

२०७८, जेठ ९ आइतवार

  • 1.3K
    SHARES

  • महोत्तरीमा विभिन्न घटनामा सात जनाको मृत्यु

    बर्दीवास । महोत्तरीका विभिन्न स्थानमा गएराति सातजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टका अनुसार गौशाला नगरपालिका–९ स्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी सोनमा गाउँपालिका–४ बस्ने ४० वर्षीय कपुरी ठाकुरको मृत्यु भएको हो । गौशालाबाट बा.३६प. ४१४५ नंको मोटरसाइकलमा सोनमा जाँदै गर्दा उनको मृत्यु भएको हो ।

    गएराति नै जिल्लाको बर्दिबास नगरपालिका–१ स्थित अटो ग्यारेजमा काम गर्ने सिरहा मिर्चैयाका २३ वर्षीय मुकिम अन्सारी मृत्यु भएकोे छ । आफ्नै कोठामा पङ्खा चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ  ।

    कोरोनाबाट पाँचजनाको मृत्यु

    कोभिड–१९ सङ्क्रमणबाट गएराति एक महिलासहित पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका–५ का ६० वर्षीय पुरुष, ४ का ६८ वर्षीय पुरुष, बर्दिबास–१ का ५१ वर्षीय पुरुष, औरही नगरपालिका–४ का ६८ वर्षीय पुरुष र जलेश्वर नगरपालिका–१ का ५० वर्षीया महिला रहेको जनाइएको छ । 

    २०७८, जेठ ९ आइतवार१२:०९:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार