काठमाडौं । कोरोना भाईरसको संक्रमणका कारण शिक्षाकर्मी पिताम्बर महतोको निधन भएको छ ।
काठमाडौंको देश तिलक बोर्डिंग स्कुलका प्रधानाध्यापक एवं एन प्याव्सनका केन्द्रीय सहकोषाध्यक्ष महतोको आइतवार साँझ ५ बजे मेडिकेयर अस्पताल चावहिलमा निधन भएको हो ।
उनमा १५ दिन अगाडी कोरोना संक्रमण भएको थियो । चिकित्सकको निगरानीमा ९ दिन होम आइसोलेसनमा बस्दा स्वास्थ्यमा सुधार नआएपछि उनी अस्पताल भर्ना भएका थिए ।
अस्पतालमा आइसियु, भेन्टिलेटर लगाएतको प्रबन्धमा कुनै कमी नहुँदा पनि बचाउन नसकिएको निजी विद्यालयहरुको छाता संगठन (एन-प्याव्सन) केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले बताए ।