मोबाइल आयात अहिलेसम्मकै उच्च

मोबाइल आयात अहिलेसम्मकै उच्च

२०७८, जेठ ११ मंगलवार

  • 2.0K
    SHARES

  • मोबाइल आयात अहिलेसम्मकै उच्च

    काठमाडौँ । कोरोना सङ्क्रमणका कारण अभौतिक (भर्चुअल) गतिविधि बढ्दा त्यसको प्रत्यक्ष प्रभाव मोबाइल आयातमा देखिएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक २०७७/७८ को वैशाखसम्म नेपालले अहिलेसम्मकै सबैभन्दा धेरै मोबाइल आयात गरेको छ ।

    तथ्याङ्कअनुसार १० महिनाको अवधिमा मात्रै नेपालले ३२ अर्ब नौ करोड रुपियाँ बराबरका ६३ लाख ५५ हजार थान मोबाइल आयात गरेको छ । मोबाइल आयातबाटै नेपालले पाँच अर्ब रुपियाँभन्दा बढी भन्सार राजस्व प्राप्त गरेको छ । जब कि अघिल्लो आवको सोही अवधिमा १४ अर्ब ६८ करोड रुपियाँको मोबाइल आयात भएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

    तुलात्मक रूपमा यसअघि आव २०७४/७५ को वैशाखसम्म सबैभन्दा धेरै २१ अर्ब १७ करोड रुपियाँको मोबाइल आयात भएको तथ्याङ्क छ । चालू आवमा भने मोबाइल आयातको यसअघिको सबै ‘रेकर्ड’ तोडिएको हो ।

    उच्च सङ्ख्यामा मोबाइल आयात हुँदा नेपालले धेरै आयात गर्ने वस्तुहरूको सूचीमध्ये मोबाइल चौथो स्थानमा परेको छ । मोबाइलभन्दा धेरै आयात हुनेमा डिजेल, अर्धप्रशोधित फलामका उत्पादन, कच्चा भटमास रहेका छन् ।

    विभागको तथ्याङ्कअनुसार वैशाखसम्म यी वस्तुको आयात क्रमशः ७० अर्ब, ५७ अर्ब र ३७ अर्ब रुपियाँ नाघेको छ । मोबाइलपछि सबैभन्दा धेरै एलपी ग्यासको आयात भएको देखिन्छ । जुन २९ अर्ब ५१ करोड रुपियाँको आयात भएको तथ्याङ्क छ ।

    २०७८, जेठ ११ मंगलवार०८:४९:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार