निषेधाज्ञा उल्लङ्घन गरे एक वर्ष कैद र पाँच लाख रुपैंयाँसम्म जरिवाना हुने

निषेधाज्ञा उल्लङ्घन गरे एक वर्ष कैद र पाँच लाख रुपैंयाँसम्म जरिवाना हुने

२०७८, जेठ ११ मंगलवार

  • 1.5K
    SHARES

  • निषेधाज्ञा उल्लङ्घन गरे एक वर्ष कैद र पाँच लाख रुपैंयाँसम्म जरिवाना हुने

    काठमाडौं । जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ कडाइका साथ लागू गर्ने भएको छ । आज (मंगलबार) देखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही गरिने जनाइएको छ ।

    निषेधाज्ञा उल्लङ्घन गर्दा एक वर्ष कैद, पाँच लाख रुपैंयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड–१९ नियन्त्रणका लागि जारी निषेधाज्ञा पालना नभएमा नगद जरिवाना तथा कैद सजाय दुवै हुन सक्ने बताए ।

    काठमाडौं उपत्यकामा निषेधाज्ञा अवधि थप्ने तयारी कोरोना संक्रमण रोकथामका लागि गत वैशाख १६ देखि निषेधाज्ञा लागू भइरहेको काठमाडौं उपत्यकामा जेठ १३ गतेपछि पनि यो अवधि थप गर्ने तयारी गरिएको छ ।

    उपत्यकामा दोस्रो पटक थपिएको निषेधाज्ञाको अवधि यही जेठ १३ गते मध्यराति १२ बजे सकिँदैछ । तर कोरोना संक्रमण अझै मत्थर नभएकाले अझै केही समय निषेधाज्ञा जारी राख्नुपर्ने देखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

    यस विषयमा आज उपत्यकाका तीनै (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको बैठक गरेर निर्णय गरिने उनले बताए । अहिलेसम्मको सोचअनुसार अरू एक हप्ता थप्ने कि भन्ने भए पनि आज बैठक बसेपछि यसको निक्र्योल हुने उनले जानकारी दिएका छन् ।

    २०७८, जेठ ११ मंगलवार०९:०८:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार