कनकाई रेडक्रसद्धारा स्थानीय सरकारलाई एम्बुलेन्स सहयोग

कनकाई रेडक्रसद्धारा स्थानीय सरकारलाई एम्बुलेन्स सहयोग

२०७८, जेठ ११ मंगलवार

  • 2.1K
    SHARES

  • कनकाई रेडक्रसद्धारा स्थानीय सरकारलाई एम्बुलेन्स सहयोग

    सुरुङ्गा । झापाको कनकाई नगरपालिकालाई मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाले एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

    कोरोना भाइरस सङ्क्रमण तीव्ररूपमा अघि बढेसँगै सङ्क्रमित बिरामीको चाप बढ्न थालेपछि महामारीका बेला सहयोग गर्ने उद्देश्यले स्थानीय सरकारलाई एम्बुलेन्स हस्तान्तरण गरेको रेडक्रस उपशाखाका सभापति प्रवीण तिम्सिनाले जानकारी दिएका छन् ।

    सङ्क्रमित बिरामीलाई अस्पतालसम्म लैजाने र घरमा पुर्याउने कामका लागि नगरपालिकालाई एम्बुलेन्सको थप आवश्यकता महसुस गर्दै रेडक्रसले एम्बुलेन्स हस्तान्तरण गरेको बताइएको छ । 

    कनकाई–३ स्थित सुरुङ्गामा २० वर्षअघि स्थापना भई विपद् व्यवस्थापन लगायत सामाजिक क्षेत्रमा महत्वपूर्ण सेवा गर्दै आएको सुरुङ्गा रेडक्रसले मे१च ९९५ नंको महेन्द्रा एण्ड महेन्द्रा कम्पनीको एम्बुलेन्स नगरपालिकाको स्वामित्वमा रहने गरी हस्तान्तरण गरेको रेडक्रस सभापति तिम्सिनाले बताए । 

    नगरपालिकाले कोरोना सङ्क्रमित आफ्ना नगरवासीलाई प्राथमिक चरणको उपचार सेवा दिने उद्देश्यले भर्खरै मात्र अक्सिजनसहितको २० शय्याको आइसोलेशनकक्ष सञ्चालनमा ल्याएको छ ।

    रेडक्रसले नगरपालिकालाई सहयोग गरेको एम्बुलेन्सबाट बिरामीको उपचार सेवामा थप सहज हुने विश्वास व्यक्त गर्दै नगर प्रमुख राजेन्द्र पोखरेलले रेडक्रस संस्थाप्रति धन्यवाद प्रकट गरेका छन् ।

    २०७८, जेठ ११ मंगलवार११:२९:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार