सुतिरहेका आमाछोरीको हात्तीको आक्रमणबाट निधन 

सुतिरहेका आमाछोरीको हात्तीको आक्रमणबाट निधन 

२०७८, जेठ ११ मंगलवार

  • 2.3K
    SHARES

  • सुतिरहेका आमाछोरीको हात्तीको आक्रमणबाट निधन 

    बर्दिया । बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गएको छ ।

    बर्दियामा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका–१ ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै र तीन वर्षकी छोरी दिपिकाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर उपचारका क्रममा ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिए ।

    गर्मीले गर्दा घरबाहिर आँगनमा सुतिरहेका बेला चन्द्रा र उनकी छोरी दीपिकालाई सोमबार राति १० बजेतिर जङ्गली हात्तीले आक्रमण गरेको निकुञ्जले जनाएको छ ।

    २०७८, जेठ ११ मंगलवार०२:५६:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार