काठमाडौं । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले अहिले चाईनिज ताइपेसँग प्रतिस्पर्धा गर्दैछ ।
कुवेतको राजधानी कुवेत सिटीमा नेपालले ताइपेबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।
ताइपेइसँगको खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालले सुरुवाती–११ को घोषणा गरेका छन् ।
अलमुताईरीले नेपाली टोलीलाई ४–३–३ को रणनीतिमा मैदान उतारेका छन् ।
नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने छन् ।
नेपाली टोलीका फरवार्डद्धय मनिष डाँगी र नवयुग श्रेष्ठलाई पहिलो रोजाईबाट बाहिर राखिएको छ । यद्यपि यो प्रशिक्षकको रणनीति पनि हुन सक्नेछ । दुबै खेलाडीले इराकविरुद्धको मैत्रीपूर्ण खेलमा खेलेका थिए । मनिसले गोल पनि गरेका थिए ।
उनीहरुको स्थानमा सुनिल बल र आशिष लामाले शुरुवाती मौका पाएका छन् ।
नेपाली टिम :
गोलकिपर– किरण चेम्जोङ
डिफेन्डर – रोहित चन्द, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल
मिडफिल्डर – सुमन लामा, पुजन उपरकोटी, सन्तोष तामाङ
फरवार्ड –अन्जन विष्ट, सुनिल बल, आशिष लामा