काठमाडौं । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले अहिले चाईनिज ताईपेसँग प्रतिस्पर्धा गरिरहेको छ ।
कुवेतको राजधानी कुवेत सिटीमा भइरहेको खेलमा नेपालले खेलको चौथो मिनेटमा अग्रता बनाएको छ ।
नेपालका लागि खेलको चौथो मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपालकालाई अग्रता दिलाएका थिए ।
आजको खेलमा नेपाल जित निकाल्दै एसिया कपका लागि आफूलाई बलियो बनाउने योजनामा रहेको छ ।