काठमाडौं । काठमाडौं महानगरपालिका ६ नं वडाको कोभिड -१९ विरुद्धको खोप केन्द्र महेन्द्र बौद्ध मावी, फुलवारी- बौद्ध तोकिएको छ ।
सरकारले ६०-६४ वर्ष (जन्म मिति: वि.सं २०१४-२०१८) सम्मका उमेर समूहलाई चाइनिज (भेरोसेल) पहिलो डोज खोप भोलि जेठ २५ गतेदेखि २९ गतेसम्म संचालन गर्ने निर्णय गरेको छ ।
संघीय सरकारको निर्णय बमोजिम स्थानीय सरकार काठमाडौ महानगर ६ नं वडाले उमेर समूह अनुसार मिति राखिएको हुनाले उमेर खुल्ने सरकारी कागजात अनिवार्य रुपमा लिएर आउन सूचनामा जनाएको छ ।
त्यसै गरि कोभिशिल्ड खोपका लागि पहल भईरहेको र खोप लगाउन बाँकी महानुभावहरुलाई अनलाईन फारम भर्न समेत वडा समिति सदस्य जयराम पुडासैनीले पुनः स्मरण गराएका छन् ।
आफ्नो उमेर अनुसार पालो परेको दिनमा मात्र स्वास्थ्य मापदण्ड अपनाएर खोपकेन्द्र आउन समेत वडाले वडाबासीमा अनुरोध गरेको छ ।
खोप सम्बन्धी सूचना:
