गौतम बुद्ध कप क्रिकेट : राप्ती फाइनलमा प्रवेश

गौतम बुद्ध कप क्रिकेट : राप्ती फाइनलमा प्रवेश

२०७७, मंसिर २९ सोमवार

  • 1.5K
    SHARES

  • गौतम बुद्ध कप क्रिकेट : राप्ती फाइनलमा प्रवेश

    मंसिर २९, भरतपुर । 

    गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा वाग्मतीलाई पराजित गर्दै राप्ती फाइनलमा पुगेको छ । चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना मैदानमा आएतवार भएको खेलमा राप्तीले वाग्मतीलाई ११ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 

    एक सय ३० रनको लक्ष्य पछ्याएको वाग्मतीले १९.४ ओभरमा ११८ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । वाग्मतीका सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए । यस्तै अनिल शाहले २२ रन, रोहित पौडेल र ज्ञानेन्द्र मल्लले समान १३/१३ रन बनाउँदा सुनिल धमलाले ११ रन मात्र बनाउन सफल भए । 

    राप्तीका कमलसिंह ऐरी, अविनास बोहरा र वसन्त कार्कीले समान दुई/दुई विकेट लिए । राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो ।

    राप्तीको लागि अमित श्रेष्ठले सर्वाधिक २६, शरद भेसावकर र विनोद भण्डारीले समान २१, कमल ऐरीले १६ तथा लोकेश बमले १५ रन बनाए । कुशल भुर्तेलले तीन, हरि चौहानले पाँच रन मात्रै बनाउन सफल भए ।

    जितसँगै राप्ती एक खेलअघि नै फाइनलमा प्रवेश गरेको छ । पराजित भएपछि वाग्मती भने प्रतियोगिताबाटै बाहिरिएको छ । 

    यसअघि हिजो भएको खेलमा वाग्मती टिमलाई नारायणीले सुपर ओभरमा पराजित गरेको थियो । अब राप्तीले फाइनलमा मङ्गलबार नारायणी टिमसँग भिड्नेछ । 

    २०७७, मंसिर २९ सोमवार०७:११:४४
    प्रतिक्रिया
    सम्बन्धित समाचार