भारतको चेन्नईमा २८ हात्तीको कोरोना परीक्षण

भारतको चेन्नईमा २८ हात्तीको कोरोना परीक्षण

२०७८, जेठ २६ बुधवार

  • 1.3K
    SHARES

  • भारतको चेन्नईमा २८ हात्तीको कोरोना परीक्षण

    चेन्नई । भारतमा २८ ओटा हात्तीको कोरोनाभाइरसको परीक्षण गरिएको छ । 

    जनावरहरुलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको हुन सक्ने आशंकामा मंगलबार उनीहरुको कोरोना परीक्षण गरिएको हो ।

    दक्षिण भारतको तमिलनाडु प्रदेशमा पर्ने चेन्नईमा रहेको मुडुमालै टाइगर रिसोर्टमा रहेका २८ हात्तीको कोरोना परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् ।

    परीक्षणका लागि निकालिएको उनीहरुको स्वाब उत्तर प्रदेश अन्तर्गतको भारतीय भेटेनरी अनुसन्धान संस्थामा पठाइएको जनाइएको छ । 

    परीक्षणको नतिजा केही दिनमा आउने अपेक्षा गरिएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । यसअघि सोही रिसोर्टमा कोरोनाका कारण एउटा सिंह मरेको र अन्य केही सिंहहरु बिरामी भएका थिए ।

    त्यसपछि प्रदेशका वनमन्त्री रामचन्द्रले रिसोर्टमा रहेका सबै हात्तीको कोरोना परीक्षण गर्न निर्देशन दिएका थिए । -एजेन्सी । 

    २०७८, जेठ २६ बुधवार०३:५८:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार